६ महिना अगाडि   २०८२ मंसिर २८ गते शनिबार   हेरिएका: ३०५  


विदेशी हस्तक्षेप र चलखेल रोक्ने अस्त्र हतियार होइन जनताको एकता हो : ‘प्रचण्ड’

img

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्नका लागि व्यालेस्टिक मिसाइल प्रयोग गर्ने सामर्थ्य आफूहरूसँग नभएको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले विदेशी हस्तक्षेप र चलखेल रोक्ने अस्त्र हतियार नभई जनताको एकता भएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै । तर, हामीले कुनै व्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत हामीसँग छैन । त्यसैले जनताको तागत, जनताको एकता र शक्ति नै हाम्रो लागि मुख्य शक्ति हो ।’

प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको उल्लेख गरे ।  उनले जेनजीले ‘सच्चिने कि सक्किने’ भनेर दिएको चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको बताए ।  ‘जेनजी आन्दोलनले पार्टी र हामी नेताहरूलाई चुनौती दियो । मैले त उनीहरूलाई धन्यवाद दिएँ, तपाईंहरूले हामीलाई सच्याउने मौका दिनुभयो,’ प्रचण्डले भने ।

उनले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी समेत गरे । युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीसँग मिल्दोजुल्दो रहेको दाबी गर्दै प्रचण्डले भने( ‘अहिले हजारौँ जेनजी युवाहरू हामीसँग जोडिनुभएको छ । उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भनिरहनुभएको छ । यो देखेर कतिपय शक्तिहरू सबै नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भयो भनेर आत्तिएका पनि छन् ।’

उनले आफूहरू जनतासँग आत्मसमीक्षा गरेर तल्लो तहसम्म पुगेको भन्दै अहिले पार्टीप्रति उत्साहित हुने वातावरण बनेको दाबी समेत गरे । 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति